जग्गाधनीले आफ्नो स्वामित्वमा रहेको र एक आपसमा जोडिएको दुई वा दुईभन्दा बढी कित्ताहरुको एकीकरण गरि एउटा कित्ता कायम गर्न चाहेमा जग्गा नापजाँच तथा नक्सा स्रेस्ता अध्यावधिक सम्बन्धि निर्देशिका, २०८१ को अनुसूची १९ अनुसारको ढाँचामा देहाय बमोजिमको कागजात संलग्न गरी कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ |
- जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि,
- नेपालि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
- चालु आ.व.को तिरो तिरेको रसिदको प्रतिलिपि,
- एकीकरणको लागि माग भएका कित्ताहरू देखिने नक्सा प्रिन्ट |