कुनै व्यक्ति वा वा निजको प्रतिनिधिले आफ्नो स्वामित्वमा रहेको कित्ता जग्गाको नक्सा प्रिन्ट गर्नका लागि देहाय बमोजिम कागजात संलग्न गरी माग गर्नु पर्नेछ |

    • जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि,
    • वित्तीय संस्थाले वित्तीय प्रयोजनका लागि माग भएको भए उक्त संस्थाको पत्र र जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि,
    • सरकारी निकायले माग गरेको भए गा.वि.स./गा.पा./न.पा., नक्सा नम्बर/सीट नम्बर र कित्ता नम्बर स्पष्ट उल्लेख गरी प्रयोजन समेत खुलाइएको पत्र |
    • प्रिन्ट माग गरिएको कित्ताका लागि तोकिएको राजश्व बुझाएको रसिद |