नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग अन्तर्गत रहेको नापी कार्यालय, कावासोती वि. स. २०५३ सालमा स्थापना भएको हो। यस नापी कार्यालयले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला अन्तर्गतका साबिक ३२ गाविस. (हाल ४ नगरपालिका र ४ गाउँपालिका गरि जम्मा ८ स्थानीय तह) भित्रको कित्ता नापी नक्सा अद्यावधिक तथा भूमि सम्बन्धी नाप जाँच (नयाँ नापी बाहेक) सम्बन्धि कार्य गर्दै आएको छ। यो कार्यालय नवलपरासी जिल्लाको कावासोती नगरपालिका वडा नं. २ मा रहेको छ। यस कार्यालयले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला अन्तर्गतको सम्पूर्ण नक्सा तथा फिल्ड बुक सुरक्षित राखी हाल डिजिटल डाटा सहित कम्प्युटर प्रविधिबाट सेवा प्रवाह गर्दै आएको छ।

नवलपरासी(बर्दघाट सुस्ता पूर्व) भौगोलिक अवस्था हेर्दा १३७० वर्ग किलोमिटर क्षेत्रफल रहेको छ। छिमेकी जिल्लाहरूमा पूर्वमा चितवन र पश्चिममा नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) उत्तरमा पाल्पा र दक्षिणमा छिमेकी मुलुक भारतसंग जोडिएको छ।