• कुनै व्यक्तिले फिल्डबुक वा प्लट रजिस्टरको प्रतिलिपिका लागि कार्यालय प्रमुख समक्ष देहाय बमोजिमको कागजात संलग्न गरी जग्गा नापजाँच तथा नक्सा स्रेस्ता अध्यावधिक सम्बन्धि निर्देशिका, २०८१ को अनुसूची २७ बमोजिमको ढाँचामा निवेदन पेश गर्नु पर्नेछ |
    1. जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि,
    2. नेपालि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
    3. चालु आ.व.को तिरो तिरेको रसिदको प्रतिलिपि,
    4. सरोकारवाला पुष्टि हुने अन्य कागजातहरु,
    5. निवेदकको नाममा स्रेस्ता कायम नरहेको वा जगाधनि दर्ता प्रमाणपुर्जा नभएको कित्ताको सन्दर्भमा निज वा निजको नाता-प्रमाणले सरोकार देखिने कागजातहरु वा स्थानीय तहको सिफारिस |